दफा १७ख
लागू औषधसंग सम्बन्धित विवरण वा लिखत नदिनेलाई सजाय
लागू औषधको विवरण लिने सिलसिलामा औषध नियन्त्रण अधिकारी वा अनुसन्धान अधिकारीले कुनै व्यक्ति, संघ–संस्था वा संगठनसंग माग गरेको कुनै विवरण वा लिखत नदिएमा त्यस्तो व्यक्ति, संघ–संस्था वा संगठनलाई सोही अपराध गरे बापत हुने सजायको आधा सजाय हुनेछ ।